त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी काे ज्यू पोखरा नर्सिङ क्याम्पस अवलाेकन

त्रि.वि.का शिक्षाध्यक्ष प्रा.डा. खड्क केसी काे ज्यू पोखरा नर्सिङ क्याम्पस अवलाेकन

2025-11-30

त्रिभुवन विश्वविद्यालयकाे भिजन २०३० अनुसार प्रशासनिक कार्यहरुलाई मितव्ययी, सूचना प्रविधिमैत्री र प्रभावकारी बनाउन गठित संगठन तथा व्यवस्थापन सर्भेक्षण समितिको आज २०८२ मंसिर १४ गते ईन्जिनियरिङ्ग अध्ययन संस्थान पश्चिमान्चल क्याम्पस पोखराको कार्यक्रममा सहभागि हुन आउनुभएका शिक्षाध्यक्ष प्रा.डा. खड्क केसि, समितिका संयोजक नेपाल सरकारका पूर्व सचिव लक्ष्मण अर्याल, व्यवस्थापन केन्द्रिय विभागका प्रा.डा.भोजराज अर्याल, पूर्व प्रशासक सूर्य प्रसाद अधिकारी र त्रिवि शिक्षाध्यक्ष कार्यालयका प्रमुख गोविन्द थापा लगायतको टिमले आज  त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पस पोखराको छोटो स्थलगत निरीक्षण गर्नुभयाे ।

निरिक्षण तथा अवलाेकनकाे क्रममा शिक्षाध्यक्ष के .सि.ले आवश्यक सुझाव र हौसला प्रदान गर्नुभयो, अबलाेकनकै क्रममा क्याम्पस प्रमुख तथा उपस्थित प्राध्यापकहरूले क्याम्पसका विद्धमान समस्याहरू तथा वस्तुस्थिति वारे प्रष्ट पार्नुभएकाे थियाे।