त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, पोखरा नर्सिङ क्याम्पसको आयोजनामा तथा विश्वविद्यालय अनुदान आयोगको सहयोगमा “Data Management and Analysis in Qualitative Research” विषयक ४ दिने प्रशिक्षण कार्यशाला २०८३/०१/२२ देखि २०८३/०१/२५ सम्म सफलतापूर्वक सम्पन्न भयो। निर्धारित उद्देश्यअनुरूप सम्पन्न उक्त प्रशिक्षणमा दक्ष तथा सहयोगी स्रोत व्यक्तिहरूद्वारा समूहगत गतिविधि, भूमिका निर्वाह (Role Play) तथा व्यावहारिक अभ्यासमा विशेष जोड दिइएको थियो, जसले सहभागीहरूको सक्रिय सहभागिता अभिवृद्धि गरेको थियो।
