पोखरा नर्सिङ क्याम्पसकाे ४१अाै वार्षिकोत्सव सम्पन्न

पोखरा नर्सिङ क्याम्पसकाे ४१अाै वार्षिकोत्सव सम्पन्न

2024-02-29

पोखरा ।
पोखरा नर्सिङ क्याम्पस पोखराको ४१ औं वार्षिकोत्सव समारोह बिहीबार सम्पन्न भएको छ । २०३९ फागुन १७ गते स्थापना भएको क्याम्पसमा क्याम्पस हाल स्नातकोत्तर तहसम्म अध्यापन हुन्छ ।


कार्यक्रमका प्रमुख अतिथी तथा क्याम्पसका पूर्वक्याम्पस प्रमुख नीरुपा थापाले नर्सिङ जनशक्ति उत्पादनमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको बताउनुभये । पोखरा नर्सिङ क्याम्पसले अनुसन्धानतर्फ समेत जोड दिनुपर्ने उहाको भनाइ छ ।


समारोहमा क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले ४० विद्यार्थी थोरै शिक्षक, कर्मचारीसहित सिएमए कार्यक्रमबाट क्याम्पस सुरु भएको उल्लेख गर्नुभयो। क्याम्पसमा नियमित सञ्चालन भइरहेका शैक्षिक, प्रशासनिक कार्यक्रमका साथसाथै विद्यार्थीको ज्ञान, सीप र गुणस्तर वृद्धि हुने खालका नयाँ कार्यक्रम थप गर्र्दै दक्ष नर्सिङ जनशक्ति उत्पादनमा लागेको उहाको भनाइ छ ।


पूर्वविद्यार्थी मञ्चका अध्यक्ष उपप्राध्यापक गीता घिमिरेले बिएनएस र बिएस्सी अन्तिम वर्षका विद्यार्थीहरु अनिशा बराल र चिना थापालाई जेहेन्दार छात्रवृत्ति प्रदान गरिने बताउनुभयो। कार्यक्रममा विद्यार्थी कल्याण शाखा प्रमुख रेखा थपलियाको संयोजकत्वमा साताव्यापी खेलकुद कार्यक्रमसमेत भएको थियो ।


कार्यक्रममा विद्यार्थीहरुले नेपाली संस्कृति झल्काउने बिभिन्न गीत, कविता तथा नृत्यहरु प्रस्तुत गरेका थिए । क्याम्पसका बिभिन्न तहका विद्यार्थी तथा शिक्षक कर्मचारीलाई खेलकुदमा उत्कृष्टलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा क्याम्पसले प्रकाशनमा ल्याएको जर्नल, वार्षिक प्रतिवेदन तथा बुलेटिन पूर्व क्याम्पस प्रमुख निरुपा थापा र क्याम्पस प्रमुख प्राध्यापक ताम्राकारले सार्वजनिक गर्नुभयो ।


कार्यक्रममा प्राध्यापक संघका अध्यक्ष नीलम महर्जन, कर्मचारी संघ पोखरा क्याम्पस इकाइ समिति सभापति हसिना बस्नेत, शाखा अधिकृत प्रजापति पराजुली र सहायक क्याम्पस प्रमुख शारदा शर्माले पनि कार्यत्रममा शुमकामना तथा विजय खेलाडीलाई बधाई दिनुभएको थियो ।


Files

S.N Name Type Download
1 a jpg